पीरियडसको बेला गर्न हुँदैन यी पाँच गल्ती

पीरियडसको बेला गर्न हुँदैन यी पाँच गल्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९ मंसिर ।

पीरियड्स हुनु एक नेचुरल प्रक्रिया हो । यो हरेक महिलालाई हरेक महिनामा हुन्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिनमा पनि हुनसक्छ । पीरियड्स सही समयमा भएन भने त्यसलाई सामान्य मानिँदैन । अनियमित मासिक स्रावले विभिन्न समस्याको संकेत गर्छ ।

पिरियड्स नेचुरल प्रक्रिया भएर पनि महिलाहरुलाई यसले सताउँछ । त्यसबेला उनीहरुको पेट, कम्मर दुख्ने, झर्को लाग्ने, कमजोरी महसुस हुने समस्या हुन्छ । अतः यस अवधिमा महिलाहरुले यी पाँच गल्ती गर्नु हुँदैन ।

हेभी वर्क
पीरियड्सका दौरान शरीर धेरै कमजोर हुन्छ । यस्तो अवस्थामा हेभी वर्क अर्थात् गह्रांै काम गर्नु हुँदैन ।

उपवास
पीरियड्सको बेला शरीरमा भिटामिन र मिनरल्सको आवश्यकता हुन्छ । यस्तो अवस्थामा उपवास बस्दा शरीरमा समस्या पैदा हुन सक्छ ।

शारीरिक सम्पर्क
पीरियड्सको समयमा शारीरिक सम्पर्क गर्नु ठीक होइन । किनभने यसबेला संक्रमणको डर हुन्छ ।

अपर्याप्त निन्द्रा
यसबेला पर्याप्त निन्द्रा आवश्यक हुन्छ । पर्याप्त निन्द्रा नलिँदा शरीरमा अनेकौं समस्या हुनसक्छन् । टाउको दुख्ने, शरीर दुख्ने समस्या हुन सक्छन् ।

हाइजिन नरहनु
पीरियड्सको बेला शरीरलाई हाइजिन (स्वस्थ) राखिएन भने स्वास्थ्य समस्या आउन सक्छ । सेनेटरी न्यापकिन हरेक तीन घण्टामा बदल्नुपर्छ । (एजेन्सी)

 

Logo