१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुई जिल्लामा शून्य

१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुई जिल्लामा शून्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने २ जिल्लामा शून्य छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

थप ३० को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ ।

जम्मा सङ्क्रमित मध्ये मृत्यु हुने दर शून्य दशमलव ६ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो ।

Logo