काभ्रे ।
काभ्रेमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ११३ जना निको भएका छन् ।
मंगलबार ५४ जना थपिएका र ३८ जना निको भएका थिए । सोमबार ९० जना थपिएका थिए भने ७७ जना निको भएका थिए । यस्तै आइतबार १३ जना थपिएका थिए भने ३७ जना निको भएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ८३८ पुगेको छ । संक्रमित मध्ये १ हजार ३७७ जना निको भएका छन् । जिल्लामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट ६, मण्डनदेउपुरका १ र पाँचखालका २ जना छन् ।






























प्रतिक्रिया