केन्द्रबिन्दु सम्वाददाता । काठमाडौँ, १० कार्तिक ।
सधै नृत्य र सामाजिक बिषयबस्तु पोष्ट गर्ने ‘डान्सर’ नीलम ढुंगानाले बिहिबार एउटा बहस सिर्जना गर्ने खालका तस्बिर पोष्ट गरिन् । उनले आफ्नो छोरीलाई स्तनपान गराइरहेको फोटो सार्वजनिक गरेसंगै यसबारे बहस हुन् थालेका छन् ।
नीलमको यो कार्यलाई कतिपयले समाजलाई चुनौती भन्दै उनको हिम्मतसँग तुलना गरेका छन् भने कतिपयले गोप्य कुरालाई सार्वजनिक गर्न नहुने धारणा राखेका छन् । स्वास्थ्य बिग्रिने बहानामा नवजात शिशुलाई स्तनपान नगराउने अचेलका पुस्ताका लागि नीलमको यो कदमले भने गतिलो संदेश दिएको धेरैको टिप्पणी छ ।
‘छोटा कपडा लगाएर अङ्ग प्रदर्शन गर्नु र आफ्ना सन्तानलाई स्तनपान गराएको देखाउनुमा जमीन – आकाशको अन्तर छ । आजको उल्टो समाजमा सुल्टो सन्देशका लागि यहाँलाई बधाई र बहादुरीका लागि धन्यवाद !’ रामदेव पाण्डेले लेखेका छन् । त्यस्तै मनिराज खवासले लेखेका छन्-‘तपाईंको यो शाहसका लागि धन्यवाद निलम जि! सार्बजनिक स्थलहरुमा आफ्नो बच्चा रोईरहंदा पनि स्तनपान गराउन हिच्किचाउने महिलाहरुलाई यो पोस्टले पक्कै पनि अलिकति उर्जा थप्नेछ !’
उनका अर्का फ्यान तेज प्रकाश अधिकारि लेख्छन- ‘ऐतिहासिक फोटो, आफ्नो बच्चा लाई दुध सबैले पिलाउछन, र यो महान कार्य हो। आज भोली फिगर बिग्रन्छ भनेर दुध न खुवाउने मानिस पनि छन। उनिहरुको बिचमा यो फोटो त प्रेरणादायक नै छ र प्लस, यसरी समाजिक संजाल मा शेयर गर्ने हिम्मत लाई चै मेरो सलुट छ।’ ‘एउटा आमाले आफ्नो बच्चालाई जीवन दिनको लागि आफ्नो स्तन्न देखाएर अमृत खुवाएको देखेर कसैले नराम्रो भन्छ भने तेहि आमाको स्तन्न हेरेर अमृत पिएर यो सन्सार देख्ने हरुले आफ्नो आमाको बारेमा के भन्ने दिदी हजुर्को यो सोच अनि यो फोटोमा कुनै पनि गलत छैन, गलत त तिनी हरुलाइ भन्निन छ जस्ले आफूलाई बिकाउन र हिट हुनलाइ आफू नाङिएर चरित्र हिन ब्यबहार देखाउछन अनि एउटा श्लील नारी हु भन्न पनि पछि हट्दैन ।’ दनस थापाले लेखेका छन् ।
उनको फोटोमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिए पनि केहिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् । तोयानाथ पौडेलले नीलमको कार्य आफुलाई स्वीकार्य नहुने भन्दै लेखेका छन्- ‘ sex is neutral treatment for leaving things‘ भनेर कसैले आपतकालीन वेड सिन हाल्यो भने त्यसलाई समाजले स्विकार्ला ???
मलाई यो पोष्ट मन परेन !’
पौडेलको विमत्तिमा नीलमले यसरी जवाफ दिएकी छन् । ‘शारिरीक सम्बन्ध र स्तनपानलाई एउटै क्याटेगोरीमा राखिन्छ जस्तो लाग्दैन मलाई । हुन त यहाँ समस्या तपाइमा छैन, तपाइको आखाले ब्रीस्ट देखेछ तर ब्रीस्ट फिडिङ देखेन, हो…समस्या त्यही नजरमा आयो। सायद महिलाको छातीलाई यौन कृयाकलापका बेलामा मात्र प्रयोग गरीने बस्तु ठान्नु भयो तपाइले। याद दिलाउन चाहे तपाईलाई, प्रकृतिले महिलाको स्तन उस्को बच्चालाई स्तनपान गराउनका लागि दिएको हो। जहाँ सम्म नेपाली समाजको कुरा रह्यो, तपाईं नेपाली समाजको, म पनि नेपाली समाजको र यहाँ कमेन्ट गर्ने सबै नेपाली समाजको त्यसैले मुल्यांकन आफै गर्न सक्नु हुन्छ। पचाउने, नपचाउने भन्दा पनि कति सकारात्मक र कति नकारात्मक रुपमा मान्छेले लिन्छ भन्ने कुरा हो। बाकी त तपाइले पोस्ट मन नपराउन पाउनु तपाईको अधिकार क्षेत्र भित्रको कुरा पर्यो। No offence !’
अचम्म त के छ भने उनका सानी छोरीले समेत सेल्फी खिच्दा क्यामेरातर्फ गजबले नजर लगाएकी छिन् ।





























प्रतिक्रिया