मण्डनदेउपुरका ७ सहित आज काभ्रेमा ६४ नयाँ संक्रमित थपिए

मण्डनदेउपुरका ७ सहित आज काभ्रेमा ६४ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । आज ९ जना निको भएका छन् । शुक्रबार पनि ४४ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५ जना निको भएका थिए। शुक्रबार चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको थियो ।

विहिबार २ जनाको मृत्यु भएको थियो । विहिबार धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६७० पुगेको छ ।

संक्रमित मध्ये १ हजार ११२ जना निको भएका छन् । जिल्लामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट २७, धुलिखेलका १२, पनौतीका ८, नमोबुद्धका १, मण्डनदेउपुरका ७, पाँचखालका ६ , तेमालबाट १, चौरीदेउरालीबाट १ र महाभारतबाट १ जना छन् ।

Logo