काठमाडौं उपत्यकामा थपिए १ हजार ८८८ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार ८८८ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं l

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिलाको संख्या ७ सय ८१ र पुरुषको संख्या १ हजार १ सय ७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ७४ हजार ९ सय ९१ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । आज ३ हजार ५ सय १७ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । आज निको हुनेको संख्या ४ हजार ९६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १४ हजार ९ सय ८९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ३४ हजार ५३ रहेको छ । आज ३८ हजार ३५७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo