विराटनगर ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने विभिन्न स्थानबाट ७० जनासहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् । पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जनासहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया