काभ्रे ।
काभ्रेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । विहिबार मृत्यु हुनेमा धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुष रहेका छन् । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५६२ पुगेको छ ।
संक्रमित मध्ये १ हजार ९८ जना निको भएका छन् । विहिबार २० जना निकाे भए । जिल्लामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ११ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट १४, धुलिखेलका ३, पनौतीका ५, नमोबुद्धका ६ र पाँचखालका १ जना रहेका छन् ।
































प्रतिक्रिया