काभ्रेमा आज नयाँ संक्रमित देखिएनन्, निको हुनेको संख्या १८ जना

काभ्रेमा आज नयाँ संक्रमित देखिएनन्, निको हुनेको संख्या १८ जना

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज कुनै पनि नयाँ संक्रमित देखिएनन् तर एक जना संक्रमितको भने मृत्यु भएको छ । जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५३२ पुगेको छ ।

संक्रमित मध्ये ९७१ जना निको भएका छन् । आज १८ जना निको भएका हुन् । जिल्लामा २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ९ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै, काठमाडौंमा ५७ हजार २१३, ललितपुरमा ७ हजार ९७७ र भक्तपुरमा ५ हजार ३६७ संक्रमित पुगेको छ । उपत्यकामा कूल संक्रमितको संख्या ७० हजार ५५७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । आज ५७० जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १६८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण २ हजार ५१५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ६९४ रहेको छ । आज ४० हजार ६८१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Logo