आज ५७० नयाँ संक्रमित थपिए, ३ हजार १६८ जना निको भए

आज ५७० नयाँ संक्रमित थपिए, ३ हजार १६८ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । आज ५७० जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १६८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण २ हजार ५१५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ६९४ रहेको छ । आज ४० हजार ६८१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo