काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै, काठमाडौंमा ५६ हजार ९८८, ललितपुरमा ७ हजार ९५४ र भक्तपुरमा ५ हजार ३६३ संक्रमित पुगेको छ । उपत्यकामा कूल संक्रमितको संख्या ७० हजार ३०५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । सोमबार १ हजार ७४१ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । आज निको हुनेको संख्या ४ हजार ५ छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । सोमबार १५ जनाको मृत्यु भएको छ ।

Skip This
Logo