आज देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ ।
२४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षण भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् ।
आज २७२ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कूल संख्या २ हजार ३५ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा ५८ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया