नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० जना पुगेको छ । आज १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।
पछिल्लो २४ घण्टामा १४४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५५ पुगेको छ ।
नेपालमा हालसम्म २१ लाख २० हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५४१ जनाको परीक्षण गरिएको छ। काठमाडौंमा आज ७३ जनामा कोरोना संक्रमण भएको छ ।































प्रतिक्रिया