काठमाडौं उपत्यकामा आज २ हजार ७२० नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २ हजार ७२० नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २ हजार ७२० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १२७ र ललितपुरमा २२६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ५४ हजार २०२, ललितपुरमा ७ हजार ५४१ र भक्तपुरमा ५ हजार १०० संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ६६ हजार ८५४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । आज ४ हजार ४९९ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ६६८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १६ हजार ८६४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ६७ हजार १६ रहेको छ । आज ४६ हजार ६९१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Logo