कोरोना संक्रमित मुख्यमन्त्री पौडेल दम्पतीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

कोरोना संक्रमित मुख्यमन्त्री पौडेल दम्पतीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिना अघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिन अघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Skip This
Logo