कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।

यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ । उनलाई कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका उनको विहिबार मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

धरानमा सङ्क्रमित कर्मचारीको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको विहिबार उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।

उनलाई गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको र कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

Logo