नेपालमा आज ३ हजार ६३७ संक्रमित थपिए

नेपालमा आज ३ हजार ६३७ संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । आज ३ हजार ६३७ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार २१५ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १५ हजार २५५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ५० हजार १५२ रहेको छ । आज ४४ हजार ८७७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ५५२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २८३ , भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ५१ हजार ८४५, ललितपुरमा ७ हजार ३१५ र भक्तपुरमा ४ हजार ९७३ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ६४ हजार १३४ पुगेको छ ।

Logo