काभ्रे ।
काभ्रेमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन् । एक जनाको मृत्यु भएको छ । शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएकामा शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिए भने आज यो संख्या ३१ जना रहेको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३१५ पुगेको छ ।
गत हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिएका थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएको जिल्लामा शुक्रबार ३७ जना थपिएका थिए।
जसमध्ये ७७३ जना निको भएका छन् । जिल्लामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ७ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपाका १० जना, मण्डनदेउपुरका २ , पनौतीका १०, पाँचखालका १, तेमालका २ र धुलिखेलका ६ जना रहेका छन् । आज पाँचखालका १ जना महिलाको मृत्यु भएको छ ।
































प्रतिक्रिया