धरानमा थप एक सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु

धरानमा थप एक सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ ।

उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् । शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान–१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । उनलाई दुई दिन अघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ । भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।रासस

Skip This
Skip This
Logo