रुपन्देहीमा हालसम्म ४८ सङ्क्रमितको मृत्यु

रुपन्देहीमा हालसम्म ४८ सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको शनिबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनमा कुनै दीर्घरोग समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

Skip This
Skip This
Logo