वीरेन्द्रनगरमा ३३ जनामा डेंगुको संक्रमण देखियो

वीरेन्द्रनगरमा ३३ जनामा डेंगुको संक्रमण देखियो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

अघिल्ला वर्षको तुलनामा यो दोब्बर भन्दा पनि बढी हो । कोरोना महामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले चालु आवको दुई महिनामा डेंगु रोगको संक्रमण देखिएकाहरु सबै नागरिक वीरेन्द्रनगरका रहेको जानकारी दिए।

डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय मानिन्छ ।

Logo