कोरोना सङ्क्रमणबाट सिरहामा हालसम्म १६ जनाको मृत्यु, शुक्रबार एकजना थपिए

कोरोना सङ्क्रमणबाट सिरहामा हालसम्म १६ जनाको मृत्यु, शुक्रबार एकजना थपिए

केन्द्रबिन्दु
0
Shares

लहान ।

कोरोना सङ्क्रमणबाट शुक्रबार सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो । ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए।

सड्क्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

Skip This
Skip This
Logo