आज ४० जना थपिएसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १ हजार १३६ पुग्यो

आज ४० जना थपिएसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १ हजार १३६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा बुधबार एकैदिन ४० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार १३६ पुगेको छ ।

गत हप्ता मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका थिए भने आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिए थिए भने आज ४० जना नयाँ संक्रमित थपिएका हुन्।

जसमध्ये ६२९ जना निको भएका छन् । जिल्लामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका २१ जना, बनेपाका ११ र पनौतीका ८ जना रहेका छन् ।

Logo