छिमेकी मुलुक भारतमा कोरोनाकालमा भएको अन्धाधुन्ध एन्टिबायोटिक्सको प्रयोगले सुपरबग उत्पन्न भएको छ। जसका कारण ब्याक्टेरियल तथा फंगल इन्फेक्सन द्रुत गतिमा फैलिएको रिसर्चले देखाएको छ ।
सुपरबग यस्तो अवस्था हो जसमा अत्यधिक एन्टिबायोटिक्सको प्रयोगले ब्याक्टेरियाले अत्याधिक प्रतिरोधी क्षमता विकसित गर्छ, जसका कारण औषधिले काम गर्न छोड्छ । उक्त दावी इन्फेक्सन एण्ड ड्रग रेसिस्टेन्स जर्नलमा प्रकाशित गरिएको छ ।
शोधकर्ताका अनुसार भारतमा पहिलो चरणमा अस्पतालमा भर्ना भएका बिरामीमा ब्याक्टेरियल तथा फंगल इन्फेक्सन एकदम कम देखिएको थियो ।
तर, यसले के कुरा अगाडि आयो भने यस संक्रमणले औषधिले असर नगर्ने खालका ब्याक्टेरिया फैलाइ रहेको छ । यस संक्रमणका बारेमा वैज्ञानिकले भारतको १० अस्पतालका १७ हजार ५६३ बिरामीमा अध्ययन गरेका थिए ।
शोधका अनुसार अस्पतालमा ब्याक्टेरिया तथा फंगल इन्फेक्सन हुने कोभिड बिरामीको संख्या २८ प्रतिशत थियो । उक्त इन्फेक्सन बिरामीमा यसकारण भयो कि यसमा रहेको सुक्ष्म जीवमा औषधिको कुनै असर परिरहेको थिएन ।
रिसर्च रिर्पोटका अनुसार कोभिडका बिरामीलाई दिइएको एन्टिबायोटिक्सका कारण उनीहरुलाई अतिरिक्त संक्रमण भयो जसका कारण भारतमा ६० प्रतिशत बिरामीको मृत्यु भयो । कोभिडका बिरामी जो सुपरबगको चपेटामा परेनन् तिनीहरुको मृत्यु केवल ११ प्रतिशत मात्र भयो । उनीहरु धेरैजसो डायबिटिज तथा ब्लड प्रेसरका बिरामी थिए।
अष्ट्रेलियन युनिभर्सिटीका महामारी विशेषज्ञ डा. संजय सेनानायकका अनुसार भारतमा कोभिडको संक्रमण बढ्न थालेपछि बिरामीलाई डाक्टरले धेरै एन्टिबायोटिक्स दिन थाले । साथै औषधिको सम्बन्धमा पनि डाक्टरहरुको एकमत रहेको पाइएन ।
डाक्टरहरुले उक्त समयमा आइवरमेक्टिन, एजिथ्रोमाइसिन, बारिसिनिटिब, डाक्सिसाइक्लिन, इन्टरफेरान अल्फा २ बी जस्ता औषधिहरु दिएका थिए । आइसिएमआरकी माइक्रोबायोलोजिस्ट कामिनी वालियाका अनुसार विश्व स्वास्थ्य संगठनले सामान्य उपचारमा समेत प्रतिबन्ध लगाएका औषधिहरु कोभिडको उपचारमा प्रयोग गरिएका थिए।
प्रकाशित: १७ जेठ २०७८ ०८:४० सोमबार