काभ्रे ।
काभ्रे जिल्लामा मंगलबार एकैदिन ५८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ९५ पुगेको छ ।
गत हप्ता मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका थिए भने आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । आज ५८ जना थपिए ।
जसमध्ये ६२० जना निको भएका छन् । जिल्लामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका २२ जना, बनेपाका १९, पनौतीका ३ , नमोबुद्धका १, मण्डनदेउपूरका १२ र पाँचखालका १ जना रहेका छन् ।






























प्रतिक्रिया