नेपालमा आज ३ हजार ५५६ जना संक्रमित थपिए

नेपालमा आज ३ हजार ५५६ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । आज ३ हजार ५५६ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५०३ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १५ हजार ५७७ रहेको छ । आज ३५ हजार ९१५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज २ हजार १२९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ७४६ , भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ३७ हजार ३४०, ललितपुरमा ५ हजार १४२ र भक्तपुरमा ३ हजार ७१९ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४६ हजार २०१ पुगेको छ ।

Logo