कोभिडको ‘नेपाल भेरिएन्ट’ बारे जानकारी छैनः विश्व स्वास्थ्य संगठन

कोभिडको ‘नेपाल भेरिएन्ट’ बारे जानकारी छैनः विश्व स्वास्थ्य संगठन

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले बिहीबार दिउँसो ट्वीट गर्दै कोभिड–१९ (सार्स–कोभ–२) को नेपाल भेरियन्टबारे जानकारी नभएको बताएको छ।

‘नेपाल भेरियन्टले विदालाई जोखिममा पार्यो’ भन्दै बेलायती पत्रिका डेली मेलले कभर स्टोरी प्रकाशन गरेपछि डब्लूएचओले नेपाली भेरियन्ट नभएको प्रतिक्रिया दिएको हो।

कोभिड–१९ को कारक सार्स–कोभ–२ का अल्फा, डेल्टा र कप्पा गरि तीन भेरियन्ट फैलिएकोमा नेपालमा फैलिएको डेल्टा भेरियन्ट भएको बताएको छ। 

डेली मेलमा रहेको समाचारमा वैज्ञानिकहरूले नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्टको उत्पत्ति भएको र उक्त भेरिएन्ट युरोपमा फैलिएको हुनसक्ने जानकारी दिएको उल्लेख गरिएको छ। 

Logo