छापताङ खोलाको एक दृश्य, जसले टेड्रोसको ध्यान तान्यो…

छापताङ खोलाको एक दृश्य, जसले टेड्रोसको ध्यान तान्यो…

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीटरमा शेयर गरेका छन्।

उनले उक्त भिडियो शेयर गर्दै स्वास्थ्यकर्मीको प्रशंसासमेत गरेका छन्।

भिडियोमा के थियो ?
मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लगाउने तालिका अनुसार स्थानीय स्वास्थ्यचौकीमा ६० बर्षमाथिका जेष्ठ नागरिकहरु भेला भएका र कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा आएको बाढी तर्ने क्रममा सवारी चालक र स्वास्थ्यकर्मीले लठ्ठीको सहाराले खोप राखिएको बाकस उर्लिदो छापताङ खोला तारेका थिए।

सोहि भिडियो डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोसले शेयर गरेका हुन। नेपालमा मनसुन सुरु भएसँगै साना ठूला नदीमा पानीको वहाव बढेको छ नदीको वहाव बढेको स्थानमा यसरी नै स्वास्थ्यकर्मी सेवामा खटिरहेका छन्।

के भने त महानिर्देशक टेड्रोसले ?
महानिर्देशक टेड्रोसले ट्वीटमार्फत धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला भन्दै प्रश्न उठाएका छन्।

खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ? उनले भनेका छन्।

त्यसो त महानिर्देशक टेड्रोस खोपको समान वितरणको वकालत गर्दै आएका व्यक्ति हुन।

महानिर्देशक टेड्रोसले उक्त भिडियो सन्देश नाम गरेको ट्वीटर एकाउन्टबाट शेयर गरेका हुन्।

छापताङ खोलामा देखिएकाे एक दृश्य

Logo