काभ्रेमा आज ४३ जना कोरोना संक्रमित थपिए

काभ्रेमा आज ४३ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा शुक्रबार एकैदिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ९४० पुगेको छ ।

मंगलबार पनि ५६ जना थपिएका थिए । काभ्रेमा बुधबार पनि ५० जना थपिएका थिए । विहिबार २३ जना थपिएका थिए ।

जस मध्ये ५८३ जना निको भएका छन् । जिल्लामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका २४ जना, बनेपाका १६, पनौतीका २ र रोशी गाउँपालिकाका १ जना रहेका छन् ।

Logo