नेपालमा आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ । आज ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ५२ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ५७४ जनाको परीक्षण गरिएको छ।

काठमाडौँ उपत्यकामा आज १७२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ३४, भक्तपुरमा ९ हजार १९५ र ललितपुरका १५ हजार ९७३ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार २०२ जना पुगेको छ ।

 

Logo