काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भएको छ । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै यसको जानकारी दिएकी छिन् ।
सोमबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । सामान्य ज्वरो, रुघाखोकी र सास फेर्न समस्या भएपछि चौधरीले परीक्षण गराएकी थिइन् ।
आफूलाई कोरोना भएपछि उनी अहिले होम आइसोलेसनमा बसेकी छिन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेकी छिन् ।
‘हिजोको पिसिआर परीक्षणले म मा कोरोना पोजेटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनु भएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु । ‘-चौधरीले फेसबुकमा लेखेकी छिन् ।






























प्रतिक्रिया