कोभिड विरुद्धको खोप कार्यक्रममा चलचित्र कलाकार संघ

कोभिड विरुद्धको खोप कार्यक्रममा चलचित्र कलाकार संघ

केन्द्रबिन्दु
0
Shares

नेपाल चलचित्र कलाकार संघले कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । 

आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कलाकारिता गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको जनाइन्।

सत्यालले भनिन्, “खोप लगाएकालाई कोभिड  भएपनि नर्मल हुँदोरहेछ, मैले पनि खोप लगाएँ तर कोभिड भएपनि मलाई गाह्रो भएन, खोप लगाएपछि कोभिड भएका साथीहरु त्यत्ति आत्तिनुपर्ने रहेनछ, कलाकारितामा काम गर्ने साथी धेरै क्षेत्रमा हिँड्नुपर्छ, धेरै मानिससँग घुलमिल हुनुपर्छ । त्यसैले, कलाकारहरुको अभियान उचित छ ।’

Skip This
Skip This
Logo