अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ का अनुसार वयस्कहरूलाई वर्षमा ३ पटकसम्म रुघाखोकी लाग्ने गर्छ। त्यस्तै, बालबालिकामा रुघाखोकी झन् बढी संक्रमण हुने गर्छ।
कोभिड र रुघाखोकीको लक्षणमा धेरै समानता छ। घाँटी दुख्नु, टाउको दुख्नु र थकान हुनु कोभिड र रुघाखोकी दुवैका लक्षण हुन्। रुघाखोकीको नियमितता र समान लक्षणले सामान्य रुघाखोकी हो कि कोभिड भन्ने छुट्याउन गाह्रो हुन्छ।
सीएनएनकी चिकित्सा विश्लेषक डा लियाना वेनका अनुसार गन्ध र स्वाद हराउनु कोभिडको विशेष लक्षण हो । कहिलेकाहीँ रुघाखोकी लामो समयसम्म रहँदा नाक थुनिएर गन्ध हराउने भए पनि कोभिड संक्रमण भएको बेला नाक बन्द नभएर पनि स्वाद र गन्ध हराउने हराउन सक्ने उनी बताउँछिन्।
साथै झाडापखाला, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता लक्षण रुघाखोकीको नभई कोभिडको लक्षण भएको उनी बताउँछिन्।
‘सामान्य लक्षण हुँदा डाक्टरकहाँ किन जाने?’
बिरामी भएका बेला डाक्टरकहाँ नै जानुपर्छ भन्ने मान्यता रहँदै आएकोमा वेन केही फरक सुझाउँछिन्।
उनी भन्छिन्,‘यदि लक्षण साधारण छन् भने कोभिड नै भए पनि जँचाउन डाक्टरकहाँ जानु राम्रो होइन। यसले संक्रमण झन् बढाउन सक्छ।’
(सीएनएनको सहयोगमा)





























प्रतिक्रिया