यस्तो छ ‘सनग्लास’को आविष्कारको वास्तविक कथा

यस्तो छ ‘सनग्लास’को आविष्कारको वास्तविक कथा

केन्द्रबिन्दु
0
Shares

बाहिरबाट आँखा नदेखिने चस्मालाई हिजोआज सनग्लास भन्ने चलन छ। 

‘सनग्लास’लाई लोकप्रिय बनाउन सन् १९७० को दशकका हलिउड कलाकार र फेसन डिजाइनरको जत्तिको भूमिका अरूको नहोला। अहिले ‘सनग्लास’ सुन्दरताका लागि पहिरिनेहरूको पनि कमी छैन।  

आँखामा अत्याधिक प्रकाश पर्नबाट रोक्ने भएकाले ‘सनग्लास’ भनिएको हो। ‘सनग्लास’ को आविष्कार आँखाको सुरक्षा वा सुन्दरताभन्दा फरक प्रयोजनका लागि भएको थियो। 

१२ औँ शताब्दीमा चीनमा धमिलो ‘क्वार्ज’ बाट सूर्यको किरण छेक्न सक्ने वस्तुको आविष्कार भएको थियो। त्यसबेला आविष्कार भएको ‘सनग्लास’ मानिसको अनुहारमा जसोतसो अडिने गरी फ्रेमको निर्माण गरिएको थियो। 

मानिसको अनुहार र आँखा परापूर्वकालदेखि नै अमूर्त संवादको माध्यम मानिँदै आएको छ। कुनै पनि मुद्दामा सुनुवाई हुँदै गर्दा अनुहार र आँखाको चालबाट न्यायाधिशले सुनाउन लागेको फैशला मानिसहरूबारे मानिसहरूले अड्कल काट्न नसकुन् भनेर ‘सनग्लास’ को प्रयोग चीनमा हुन थालेको थियो। 

Skip This
Skip This
Logo