कोभिडको नक्कली रिपोर्ट बनाउने गङ्गालालको कर्मचारीमाथि कार्वाही सिफारिश

कोभिडको नक्कली रिपोर्ट बनाउने गङ्गालालको कर्मचारीमाथि कार्वाही सिफारिश

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।

मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । 

केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । 

यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिपोर्ट निकाल्ने गरेका थिए । मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले रकम लिएर रिपोर्ट नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ ।

यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको बस्नेतले जानकारी दिए । यादवलाई सेवा सर्त नियमावलीअनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ । रासस
 

Logo