१,५३४ जना कोरोना संक्रमणमुक्त, १,०८९ जनामा कोरोना संक्रमण

१,५३४ जना कोरोना संक्रमणमुक्त, १,०८९ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा १ हजार ५३४ जना निको भएका छन्  भने १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । 

५ हजार १ सय ७० जनाको पिसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी कुल १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ । साथै, ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

 

Logo