१,६६० जना संक्रमणमुक्त हुँदा १,१४६ संक्रमित

१,६६० जना संक्रमणमुक्त हुँदा १,१४६ संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा र १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

Logo