डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन


संघीय संसद प्रतिनिधिसभा अन्तरगतका शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा समितिकी सभापति जयपुरी घर्तीले नेपालका नागरिकहरुमा इच्छा शक्तिको कमी भएकोले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताईन। उनले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिईन।

किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिईन।

सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरता पूर्वक लिनुपर्ने पनि बताईन्।

Logo