हुम्लामा थप दुई जनामा कोरोना

हुम्लामा थप दुई जनामा कोरोना

केन्द्रबिन्दु
0
Shares

हुम्ला।

हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । असोज ४ गते एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा सोमबार पोजेटिभ देखिएको हो ।

बाँकेको नेपालगञ्जबाट समिट एयरको उडानमार्फत असोज ३ गते शनिबार सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए। प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ र ३९ वर्षीय दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

अब जिल्लामा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्षिया किशोरीमा पहिलो पटक कोरोना पुष्टि भएको थियो ।

Skip This
Logo