बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ घर भएका ६३ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतकमा कुनै दीर्घरोग र अन्य स्वास्थ्य समस्या भने देखिएको थिएन । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ ८ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।

Logo