काँग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त

काँग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त


काठमाडौं ।

गत भदौ २३ गते कोरोना पुष्टि भएपछि उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोनामुक्त भएका छन् ।

बुधवार राति गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

कोइरालालाई होम आइसोलेनसमा उपचार हुँदै आए पनि थप समस्या भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो। उनी अन्य समस्याबाट मुक्त भएर असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। तैपनि कोरोना कायमै थियो । अब उनी यसबाट पनि मुक्त भएका छन् ।

तर उनका स्वकीय सचिव भरत तिवारीलाई भने संक्रमण पुष्टि भएको छ।

Logo