काेराेना अपडेटः थप १५८ जनामा सङ्क्रमण, ३४२ निको भए

काेराेना अपडेटः थप १५८ जनामा सङ्क्रमण, ३४२ निको भए

केन्द्रबिन्दु
0
Shares

देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ९१८ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ८७८ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार ४७२ जना रहेको छ।

आज ३४२ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख २ हजार ३८९ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

२ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख २७ हजार ६११ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ रहेको छ।

Logo