रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाबाट पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए।
१ जना महिलासहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ६ का २२ वर्षका पुरुष , वडा नम्बर ४ का ३६, ५५, ४८, ४४, ५५ वर्षका पुरुषहरु, वडा नम्बर ४ कै २६ वर्षकी महिला र १२ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिए। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य नै छ । उनीहरुलाई गोकुलगंगा अस्पतालमा राखिएको उनले बताए ।





























प्रतिक्रिया