नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, एकै दिन १६ जना थपिए

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, एकै दिन १६ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ । आइतबार १० जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । आज ११५४ जना थपिएका छन् । आइतबार १,३२५ जना थपिएका थिए । शनिबार १ हजार २०४ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । आज निको हुनेको १ हजार ५ संख्या छ । आइतबार ९६६ जना निको भएका थिए । शनिबार १,४४७ जना निको भएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ । आजको पिसिआर परिक्षण ९ हजार ५३३ रहेको छ ।

Skip This
Skip This
Logo