काठमाडौं उपत्यकामा आज ७६७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७६७ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ७६७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना थपिएका हुन् । शनिबार ७११ जना थपिएका थिए । शुक्रबार ८५९ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १३ हजार ६१२, भक्तपुरमा १ हजार ४५६ र ललितपुरमा १ हजार ५४८ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १६ हजार ६१६ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । आज निको हुनेको ९६६ संख्या छ । शनिबार १,४४७ जना निको भएका थिए । शुक्रबार ८७१ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । आज १३२५ जना थपिएका छन् । शनिबार १ हजार २०४ जना थपिएका थिए । शुक्रबार २ हजार २० जना थपिएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ छ । आजको पिसिआर परिक्षण ९ हजार ५८४ रहेको छ ।

Logo