नेपालमा काेराेना : पुस १ गते १८४ नयाँ सङ्क्रमित, पुस २९ मा ३,५५३ जना

नेपालमा काेराेना : पुस १ गते १८४ नयाँ सङ्क्रमित, पुस २९ मा ३,५५३ जना


नेपालमा गत पुस १ गते झन्डै ११ हजार १८ नमुना परीक्षण गर्दा नेपालमा १८४ जना नयाँ सङ्क्रमित थपिएका थिए।

त्यस बेला ३ हजार ७८८ वटा परीक्षण एन्टिजन विधिबाट गरिएको थियो। त्यसमध्ये केवल २४ वटा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणले देखाउँछ।

तर पौष २९ गते बिहीवारसम्म आइपुग्दा १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३,५५३ थपिएका छन्। सोही अवधिमा पीसीआर विधिबाट गरिएका १० हजार ४९८ वटा परीक्षणमा करिब २८ प्रतिशतमा सङ्क्रमित पाइएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैं उपत्यकामा झन्डै ८,४०० सक्रिय सङ्क्रमित छन्। आईसीयूमा ११० जना र भेन्टिलेटरमा २५ जना बिरामी गराइरहेका छन्।

विगत २४ घण्टामा काठमाडाैंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जना सङ्क्रमित थपिएका छन्।

बिहीबार कति थपिए?

गत २४ घण्टाभित्र नेपालमा थप ३,५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। साेमबार १,४४६ जना संक्रमित थपिएका थिए। मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जना थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ४९८ जनाको पिसिआर परीक्षण र ४  हजार ५८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ४१ हजार २९७ र एन्टिजेन परीक्षणबाट ९९ हजार २२५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २७१ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १५ हजार ३४७ पुगेकाे छ।

संक्रमणबाट साेमबार १ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६१० रहेकाे छ।

नेपालमा सक्रिय संक्रमितकाे संख्या बढेर १४ हजार ३४० जना पुगेकाे छ। याे संख्या पुस १ गते ५ हजार ५२६ जना रहेकाे थियाे । गत २४ घण्टामा ३ लाख ५६ हजार ४ खाेप लगाइएकाे छ।

Logo