काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ८५९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६९८ , भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना थपिएका हुन् ।
अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १२,४४०, भक्तपुरमा १,२७२ र ललितपुरमा १,४२६ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १५,१३८ पुगेको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । आज निको हुनेको ८७१ संख्या छ । विहिबार १,२४३ जना निको भएका थिए । बुधबार १,०६८ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १७,३८३ छ । आजको पिसिआर परिक्षण ११,४५८ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार ११ जनाको मृत्यु भएको थियो । बुधबार ८ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३ पुगेको छ । आज २,०२० जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । यस्तै बुधबार १,५३९ जना थपिएका थिए ।





























प्रतिक्रिया