अमेरिकी सरकारको सहयोगमा थप ६२ लाख मात्रा फाइजर खोप आउँदै

अमेरिकी सरकारको सहयोगमा थप ६२ लाख मात्रा फाइजर खोप आउँदै

केन्द्रबिन्दु
0
Shares

नेपालमा थप ६२ लाख मात्रा (डोज) फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिएका छन्।

उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ। 

यस्तै बाँकी खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र आउने छ। उनले हरेक पटकमा १५ लाख डोज मात्राका दरले खोप नेपाल आउने जानकारी दिए। अमेरिकाले थप ३० लाख डोज खोप पनि दिन सक्ने उनकाे भनाइ छ।

नेपालमा भएका खोप भण्डारको क्षमतालाई ध्यानमा राख्दै फरक-फरक समयमा मात्रा निर्धारण गरेर खोप आउन लागेकाे हाे । यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिने छ।

Skip This
Skip This
Logo