चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो। 

मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ। उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ। उनले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जानकारी दिए। 

Logo