काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गरेका हुन्।
“कोभिड १९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई जोखिम तिर उन्मुख गराउन खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौति खडा हुन जान्छ ”, उनले भने , “यस्तो खालका भनाइमा चनाखो भइ दिन हुन र आफ्नो टोल, छिमेकलाई सङ्क्रमण मुक्त बनाउने अभियानमा लाग्न अनुरोध छ । ”
शुक्रबार उपत्यकामा ६९६ जना सहित देशभरि एक हजार ४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले कोभिड १९ रोगका नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने जनस्वास्थ्यका मापदण्ड विरुद्ध नकारात्मक टिप्पणी तथा अभिव्यक्ति समेत कसैले पनि नदिन र सञ्चारमाध्यमले पनि त्यस किसिमका भ्रमहरु प्रचार प्रसार नगर्न अनुरोध गरे ।प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मी अहोरात्र खटिरहेकोले सबैलाई जनस्वास्थ्यका न्यूनतम मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।































प्रतिक्रिया